Logo

धनुषा चेम्बरको प्रथम वार्षिकोत्सव सम्पन्न, धार्मिक पर्यटनमा लाग्न मल्लको आग्रह

धनुषा चेम्बरको प्रथम वार्षिकोत्सव सम्पन्न, धार्मिक पर्यटनमा लाग्न मल्लको आग्रह



काठमाडौं । धनुषा चेम्वर अफ कमर्शले आफ्नो प्रथम बार्षिकोत्सव तथा दोस्रो साधारणसभा सम्पन्न गरेको छ । शनिबार जनकपुरमा एक कार्यक्रमका साथ उक्त बार्षिकोत्सव तथा साधारणसभा सम्पन्न गरिएको हो । धनुषा चेम्बरको उक्त वार्षिक उत्सव तथा दोश्रो साधारण सभा प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियारले गरेका हुन ।

कार्यक्रममा संवोधन गर्दै प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले उक्त क्षेत्रमा धार्मिक पर्यटनमा वृद्धि हुनुपर्ने बताएका छन । उनले जानकी माताको जन्मभुमिमा रामायण सर्किटको अवधारणा कार्यान्वयन भएमा र निर्माणाधिन रेल मार्ग छिटो संचालनमा ल्याउन सके धार्मिक पर्यटनमा बृद्घि हुने बताएका हुन ।

यस्तै २ नम्बर प्रदेश कृषिका लागि उर्वर भुमि भएकाले अर्गानिक खेतीमा जोड गर्नुपर्ने समेत उनले धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रदेशका विभिन्न बिधामा उल्लेखनिय कार्य गर्नेहरुलाई सम्मान गरिएको थियो । उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी प्रदिप राज कँडेल लगायत बिभिन्न अतिथिहरुले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रम धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्