Logo

हाजिरी धरौटीमा छुटे रुप ज्योति, छोरी सुरुची पनि रिहा

हाजिरी धरौटीमा छुटे रुप ज्योति, छोरी सुरुची पनि रिहा



काठमाडौं । ठगी अभियोगमा हिरासतमा रहेको ज्योति ग्रूपका उपाध्यक्ष रुप ज्योति छुटेका छन् । उनलाई नियमित हाजिर गर्ने गरी सरकारी वकिलको कार्यालयले तत्काल थुना मुक्त गर्न महनगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेसँगै रिहा भएका हुन् ।

ल्याण्डमार्क हाउजिङ्मा भएको गठीको आरोपमा प्रहरीले ज्योतिसँगै उनको छोरी सुरुची ज्योतिलाई पनि पक्राउ गरेको थियो । तर, उनीविरुद्ध मुद्दा नचल्ने देखिएको भन्दै सरकारी वकिल कार्यालयले रिहा गर्न महनगरीय प्रहरी काठमाडौंलाई पत्राचार गरेको हो ।

यससँगै प्रहरीले ज्योतिलाई रिहा गरेको छ । ज्योति विगत ८ दिन देखि ठगीको आरोपमा प्रहरी हिरासतमा रहँदै आएका छन् ।

बिहीबार मात्रै सरकारी वकिलको कार्यालयले प्रहरीले पेश गरैको फाइल प्रहरीलाई नै फिर्ता पठाएको थियो

प्रतिक्रिया दिनुहोस्