Logo

साथिहरुसँग राहत माग्दै रिलायन्स लोटसका सीईओ, स्कुललाई दिए १ लाखको जस्ता

साथिहरुसँग राहत माग्दै रिलायन्स लोटसका सीईओ, स्कुललाई दिए १ लाखको जस्ता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३, असार काठमाडौं । भुकम्पका कारण ध्वस्त भएको नुवाकोटको तारुकास्थित पिमलटार उच्च माबिलाई १ लाख रुपैयाँ बराबरको जस्तापाता राहत वितरण गरिएको छ ।

अमेरीकको क्यालिफोर्निया बस्दै आएका सुशिल श्रेष्ठ, कोषिश श्रेष्ठ एण्ड अरेन्ज काउन्टी टिम र सोफियाना एण्ड दुवाल परिवारको सहयोगमा प्रतिबण्डल ५० केजी तौलको १५ बण्डल जस्तापाता बितरण गरिएको हो । रिलायन्स लोटस फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले बिदेशमा बस्दै आएका ती साथिहरुसँग राहत संकलन गरेर विद्यालयलाई जस्ता उपलब्ध गराएका हुन् ।

जस्ता वितरण कार्यक्रममा रिलायन्सका सीईओ श्रेष्ठले बिदेशबाट साथीभाइहरुले गरेको सहयोगको उच्च प्रशंसा गर्दै फेरी रकम उठाएर कक्षाकोठा निर्माणमा पनि सहयोग गर्ने बताए । भुकम्पपछि तेस्रो पटक राहत लिएर तारुका आइपुगेको बताउँदै श्रेष्ठले भने, ‘शिक्षा र सामाजिक सेवामा लाग्न पाउँदा खुसी लागेको छ ।’ कार्यक्रममा नुवाकोट जिविसका पुर्व सभापति नारायणप्रसाद खतिवडाले परदेशमा बसेर पनि नेपालप्रति विपत्को बेलामा सामाजिक भावना जागेर सहयोग गरेको भन्दै दाताहरुलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL