Logo

नेपाल आईपुगे बंगलादेशी राष्ट्रपति हमिद, यस्तो छ चारदिने बसाई तालिका

नेपाल आईपुगे बंगलादेशी राष्ट्रपति हमिद, यस्तो छ चारदिने बसाई तालिका



काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल भ्रमणमा आएका छन् । मंगलबार दिउसनेपालको ४ दिने भ्रमणका लािग उनी नेपाल आई पुगेका हुन ।

उनलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आफैं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेकी थिइन् । उनी आज भक्तपुर क्षेत्र भ्रमण गर्नेछन । साथै उनी शुक्रबार नेपाल भ्रमण गरी स्वदेश फर्किनेछन ।

उनी मंगलबार विमानस्थलबाट होटल सोल्टीमा पुगेर केहीबेर आराम गरेपछि ३ बजे भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्नेछन्।

भक्तपुरबाट फर्किएपछि राष्ट्रपति हदिमले परराष्ट्र मन्त्री प्रदिप ज्ञावलीसँग शिष्टचार भेटघाट गर्ने कार्यतालिका छ।

यस्तै उनले राष्ट्रपति भण्डारीसँग भने बुधबार भेटवार्ता गर्नेछन्। बुधबार राष्ट्रपति भण्डारीले हमिद र प्रतिनिधिमण्डलको सम्मानमा साँझ राजकीय भोजको व्यवस्था गर्ने कार्यक्रम छ ।
हमिदले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

हमिदले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डु’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा अन्य वरिष्ठ नेताहरुलाई समेत भेट्ने कार्यतालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्