Logo

राहत सामग्रीमा असार ७ भन्दा पछि छुट नदिइने, विदेशबाट जेठ २० मै आउनुपर्ने

राहत सामग्रीमा असार ७ भन्दा पछि छुट नदिइने, विदेशबाट जेठ २० मै आउनुपर्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२ असार, काठमाडौं । सरकारले असार ७ गतेभन्दा पछि राहत सामग्रीमा भन्सार छुट नदिने भएको छ । मन्त्रिपरिषद्को निर्णयले भुकम्पका लागि आउने राहत सामग्री आयातमा लाग्ने राजस्व छुट दिने निर्णय गरेको थियो । तर, असार ७ गतेभन्दा पछि भन्सारमा आउने कुनै पनि सामग्रीलाई राजस्व छुट नदिइने अर्थमन्त्रालयले जानकारी दिएको थियो ।

सरकारले भुकम्पका लागि आउने राहत सामग्रीको लागि छुट्टै कार्यविधि बनाएर राजस्व छुट दिनका लागि सुचिकृति गरेको थियो । तर, जेठ २० गतेभन्दा पछि सम्बन्धित देशबाट चलान भएका सामग्रीलाई छुट नदिइने अर्थका एक अधिकारीले जानकारी दिए ।

साथै, जेठ २० गतेभन्दा अघि चलान भएका सामग्रीले पनि छुट लिनका लागि असार ७ गतेभित्र भन्सारबाट सामग्री छुटाइसक्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL