Logo

राष्ट्रपति भण्डारीसमक्ष सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

राष्ट्रपति भण्डारीसमक्ष सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ



काठमाडौं । सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले शपथ ग्रहण गरेका छन । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान करीब ९ बजे सातै प्रदेशका प्रमुखलाई शपथ ग्रहण गराएकी हुन्।

मन्त्रिपरिषदले सोमबार प्रदेश प्रमुख नियुक्तका लागि ७ जनाको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

मन्त्रिपरिषदले सिफारिस गर्नुअघि नेकपा सचिवालयको बैठकले सातैजनाको नाम सिफारिस गरेको थियो। पार्टीको सिफारिसअनुसार मन्त्रिपरिषदले पनि सिफारिस गरेको हो।

प्रतिक्रिया दिनुहोस्
MBL