Logo

राष्ट्रपतिद्धारा सातै प्रदेश प्रमुख नियुक्त, कुन प्रदेशमा को सुची सहित

राष्ट्रपतिद्धारा सातै प्रदेश प्रमुख नियुक्त, कुन प्रदेशमा को सुची सहित



काठमाडौं । राष्ट्रपति बिद्यादेबी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखलाई सोमबार नियुक्त गरेकी छिन । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सोमबार प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन ।

राष्ट्रपति भण्डारीले प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार बाँके, प्रदेश ३ मा बिष्णु प्रसाद प्रसाई झापा, गण्डकी प्रदेशमा अमिक शेरचन चितवनलाई नियुक्त गरेकी छिन ।

त्यस्तै प्रदेश ५ प्रमुखमा धर्मनाथ यादब सिरहा, कर्णाली प्रदेश ६ मा गोविन्द प्रसाद कलौनी बैतडी र सुदुर पश्चिम प्रदेश ७ मा सर्मीला कुमारी पन्त चितवनलाई नियुक्त गरेकी छिन ।


प्रतिक्रिया दिनुहोस्
MBL