Logo

सभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि जेल चलान

सभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि जेल चलान



काठमाडौं । जिल्ला अदालत काठमाडौंले प्रतिनिधिसभाका निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ ।

थुनछेक बहस सकिएलगत्तै उनलाई न्यायाधीश सुदर्शनराज पाण्डेको एकल ईजलासले उनलाई डिल्लीबजार कारागार चलान गर्न अदालतले आदेश दिएको हो ।

अदालतले मुलुकी फौजदारी संहिताको दफा ८० बमोजिम महरालाई जेल चलानको आदेश दिएको हो । दफा ८० बमोजिमको थुनुवा पुर्जी दिएर उनलाई थुनामा पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस्