काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन्। मन्त्रिपरिषदको सिफारिसअनुसार उनीहरुलाई पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
आइतबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नियुक्त भएका प्रदेश प्रमुखहरु नेकपा नेतृत्वको केपी ओली सरकार बनेदेखि नै पदमुक्त गर्ने प्रयास गरिए पनि डेढ वर्षपछिमात्र अहिलेको सरकारले उनीहरुलाई पदमुक्त गरेको हो।
१ नम्बर प्रदेशका प्रमुख प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश नम्बर २ का प्रमुख रत्नेश्वर लाल (कायस्थं) प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रमुख बाबुराम कुवंर, प्रदेश नम्बर ५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदुरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ललाई पदमुक्त गरिएको हो।