Logo

जीवन बीमामा ६ करोड २२ लाख भुक्तानी, कसले कति गरे ?

जीवन बीमामा ६ करोड २२ लाख भुक्तानी, कसले कति गरे ?


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१ असार, काठमाडौं । हालैको शक्तिशाली भुकम्पका कारण भएको क्षति बापत जीवन बीमा कम्पनीहरुले ६ करोड २२ लाख रुपैयाँ भुक्तानी गरिसकेको बताएका छन् । भुकम्पमा परि ज्यान गुमाएका बीमितको परिवारलाई उक्त रकम भुत्तानी दिएको बीमा कम्पनीहरुले बताएका छन् । गत शुक्रवारसम्मको भुक्तानी तथ्थाङ्कको आधारमा यस्तो देखिएको हो ।

यसबीचमा कम्पनीहरुमा जम्मा २ सय ९२ वटा बीमा दाबी प्राप्त भएको भए पनि २ सय १७ वटा बीमा दाबी भुक्तानी भइसकेको तथ्याङ्क बीमा कम्पनीहरुले दिएका छन् । संख्याको आधारमा सबैभन्दा बढी दाबी भुक्तानी मेट लाइफले दिएको छ भने रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी दाबी भुक्तानी गरेको छ ।

सबैभन्दा कम दाबी भुक्तानी गर्नेमा गुराँस लाइफ इन्स्योरेन्स परेको छ । गुराँसमा हालसम्म जम्मा ५ वटा दाबी परेकोमा ३ ओटालाई भुक्तानी दिइसकेको कम्पनीले बताएको छ ।
कसले कति गरे दाबी भुक्तानी ?

life-insurance copy

 

प्रतिक्रिया दिनुहोस्