Logo

नेपाल लाइफले दियो ६० प्रतिशत बोनस सेयर, चुक्ता पुँजी पौने २ अर्व पुग्यो

नेपाल लाइफले दियो ६० प्रतिशत बोनस सेयर, चुक्ता पुँजी पौने २ अर्व पुग्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३२ जेठ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयर धनीलाई ६० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको १५औं साधारणसभाले चुक्ता पुँजीको ६० प्रतिशत बोनश सेयर वितरण गर्ने निर्णय पारित गरेको छ । योसँगै कम्पनीको चुक्ता पुँजी बढेर १ अर्ब ७३ करोड रुपैयाँ पुग्ने भएको छ ।

साधारणसभाले कम्नीको अधिकृत पँुजी ५ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव समेत पारित गरेको छ । यसैगरी प्रतिसेयर ८ रुपैयाँका दरले नगद लाभांस दिने निर्णय समेत गरेको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । कम्पनीका अध्यक्ष रमेश गुप्ताले कम्पनीको नयाँ व्यवसायका आधारमा करिब ४१ प्रतिशत बजार हिस्सा ओगटेर अग्रस्थानमा रहेको बताए । साथै नयाँ लगानी नीतिले उत्पादनमूलक तथा राष्ट्रिय प्राथमिकता प्राप्त नयाँ क्षेत्र खुला गरेकाले अन्य क्षेत्रहरुमा पनि लगानी विस्तारको अध्ययन सुरु भइसकेको बताए ।

यसैगरी शक्तिशाली भुकम्पका कारण मृत्यु भएका बीमितहरुको मृत्युदावी भुक्तानीमा सरलीकृत व्यवस्था लागू गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए । साथै हालसम्म ३४ वटा मुत्यु दावी परेकोमा सबै भुक्तानी भइसकेको समेत उको भनाइ छ । हासलसम्म कम्पनीले विमितलाई २ करोड ११ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।

झाका अनुसार चालु आथिर्क वर्षको चैत मसान्तसम्म व्यवसाय गत बर्षको सोही अवधिको तुलनामा ९३ दशमलब ७ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले बैदेशिक रोजगार व्यवसाय सहित कुल प्रथम बीमाशूल्क करिब २ अर्ब ५४ करोड रुपैयाँ आम्दानी गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL