Logo

चौधरीद्वारा साउथ एसियन थिंङ्क ट्याङ्क फोरमलाई सम्बोधन, सवै मिलेर अघि बढ्न आग्रह

चौधरीद्वारा साउथ एसियन थिंङ्क ट्याङ्क फोरमलाई सम्बोधन, सवै मिलेर अघि बढ्न आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३२ जेठ, काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालको पुनर्निर्माण अभियानमा साथ दिन अन्तर्राष्ट्रिय समुदायलाई आव्हान गरेका छन् । गत बैशाख १२ गतेको शक्तिशाली भुकम्पको पिडामा नेपाली जनतालाई साथ दिने छिमेकी मुलुक र अन्तर्राष्ट्रिय दाताहरुलाई धन्यवाद दिदै भुकम्पपछिको पुनर्निर्माणमा पनि उत्तिकै साथ पाउने विश्वास ब्यक्त गरेका छन् । ।

https://139.180.217.87/wp-content/uploads/2015/06/binod-chaudary-billioner.jpg
https://139.180.217.87/wp-content/uploads/2015/06/binod-chaudary-billioner.jpg

अध्यक्ष चौधरीले चीनको कुनमिङमा जारी ‘चाईना–साउथ एसिया एक्स्पो’को अवसरमा आयोजित ‘साउथ एसियन थिंङ्क टयाङ्क फोरम’लाई नेपालका उद्यमी/व्यवसायीकोतर्फबाट सम्बोधन गर्दै देशले सामना गरिरहेका वर्तमान चुनौतीप्रति विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।

चीनले अगाडि सारेको सिल्क रोडको अवधारणाले दक्षिण एसियालाली अर्थतन्त्रलाई युरोपसम्म जोड्न सकिने अध्यक्ष चौधरीले बताए । ‘सिल्क रोडले बेईजिङदेखि मध्यपूर्वसम्म र युरोपदेखि पूर्वी अफ्रिकासम्म व्यवसायिक अवसरहरु श्रृजना हुनेछ,’ उनले भने, ‘नेपाल यसै पनि चीनको छिमेकी मित्र हो । यस अवधारणाबाट हामीले धेरैभन्दा धेरै आर्थिक लाभ प्राप्त गर्न सक्ने सम्भावना छ ।’ सिल्क रोडको अवधारणाबाट बिशेष गरि नेपालजस्ता अविकसित र साना अर्थतन्त्रका लागि राम्रो अवसर श्रृजना हुने उनको भनाइ थियो ।

चीनले दक्षिण एसियालाई यस आर्थिक पहलको हिस्सेदार बन्न आग्रह गरिरहेको पृष्ठभुमि केलाउदै चौधरीले दक्षिण एसियाले यो अवसर गुमाउन नहुने तर्क राखेका थिए । यसले दक्षिण एसियाली मुलुुकहरुलाई चीनसम्मको पहु“च मात्रै होइन, आर्थिक समृद्धिका अवसरहरुको पनि नजिक पुर्याउने उनको दावी थियो । एक्काईशौं सताब्दी एसियाकै रहेको बताउँदै यसका लागि एसियाली मुलुकहरुबीच सहकार्यको संस्कृतीलाई बलियो बनाउदै लैजानुपर्ने धारणा राखेका थिए ।
‘हामी ब्यक्तिगत रुपमा आफ्नो समृद्धिको सपना देख्छौ“ अव बृहत रुपमा विश्वको समृद्धिको सपना देखौ“,’ उनले भने, ‘हामीले यस विश्वमा रहेका अवसरहरुलाई आपसमा बाडौ“ जसले गर्दा एकापसमा खुसी बा“डीरहेका हुनेछौ“ ।’ अध्यक्ष चौधरीले कुनमिङ एक्स्पोकै अवसरमा आयोजित ‘चाईना–साउथ एसिया विजनेश फोरमलाई पनि सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL