बिजखबर संवाददाता
३२ जेठ, काठमाडौं । उच्च माद्यामिक शिक्षा परिषद (एचएसईबी) ले भुकम्प प्रभावित सात जिल्लामा यसअघि स्थगित भएको कक्षा ११ र १२ को परिक्षा असार १४ बाट सञ्चालन गर्ने भएको छ ।
एचएसईबीले कक्षा १२ को परिक्षा असार १४ देखि २३ गते सम्म र कक्षा ११ को परिक्षा असार २४ देखि ३१ गतेसम्म सञ्चालन गर्ने बताएको छ । गत वैशाख १२ मा आएको बिनासकारी भुकम्पका कारण अति प्रभावित इलाकामा एचएसईबीले परिक्षा स्थगित गरेको थियो ।
गोरखा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका विद्यार्थीले नयाँ ‘रुटिन’ अनुसार परिक्षा दिन पाउने छन् ।