Logo

१३ गते सार्वजनिक विदा, २ दिन तिहार मनाउन पाईने

१३ गते सार्वजनिक विदा, २ दिन तिहार मनाउन पाईने



काठमाडौं । सरकारले १३ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार गृहमन्त्रालयको बैठकले यस बर्षको भाईटीका नेवार समुदायले भाईटीकाको भोलीपल्ट मनाउने भन्दै उक्त दिने निर्णय गरेको हो । यसबर्षको भाईटीका छुट्टा छुट्टै समुहले १२ र १३ गते मनाउन पाउने गृहमन्त्रालयले जानकारी दिएको छ ।

विशेषगरी नेवार समुदायको भाइटीका (किजा पूजा) को लागि कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । नेवार समुदायले म्ह पूजा र भाइटीका एकै दिन लगाउँदैनन् । यस वर्षको तिहारमा दुई दिन भाइटीका परेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL