Logo

अम होंङ गिल ह्युमन फाउण्डेशनको १० बर्षे यात्रा पुरा, पर्यटन, स्वास्थ्य तथा शिक्षामा लगानी बढाउँदै

अम होंङ गिल ह्युमन फाउण्डेशनको १० बर्षे यात्रा पुरा, पर्यटन, स्वास्थ्य तथा शिक्षामा लगानी बढाउँदै



काठमाडौं । पर्यटन स्वास्थ्य तथा शिक्षा क्षेत्रमा काम गर्दै आएको अम होंङ गिल ह्युमन फाउण्डेशनले १० औं वार्षिक उत्सव काठमाडौंमा मनाएको छ । १० औं वार्षिक उत्सवको अवसरमा फाउण्डेशनले १० बर्ष सम्म गरेका कामको समिक्षा तथा आगामी दिनमा गर्ने कार्ययोजना समेत प्रस्तुत गरेका छन ।

अहिलेसम्म नेपालको १२ जिल्लामा १५ बालमैत्री भुकम्प प्रतिरोधी सुविधा सम्पन्न विद्यालयहरु निर्माण गरी हस्तान्तरण गरिसकेको छ । त्यस्तै फाउण्डेशनले बनाएको ति विद्यालयहरुमा ६ हजार ९ सय विद्यार्थीहरुले अध्ययन गरिरहेका छन भने १३ जना शिक्षकहरुले समेत रोजगारी पाएका छन ।

त्यस्तै नाम्चेमा माउन्टेरिङ मेडिकल, थाक्तो दोर्जे फोटाङ गुम्बालगायतका परियोजनाहरु सम्पन्न गरिसकेका छन भने आगामी परियोजनामा प्रणामी माध्यामिक विद्यालय, एबीसी उद्दार केन्द्र कास्की, मनाङ पर्वतारोहन विद्यालयको सम्भाब्यता अध्ययन गर्ने भएको छ ।

८ हजार मिटर भन्दा माथीका १६ ओटा हिमाल आरोण गरेका दक्षिण कोरियन नागरिक क्याप्टेन अम होंङ गिलले २००८ मा कोरियामा सो संस्थाको स्थापना गरेका हुन । २००९ देखि नेपालमा काम सुरु गरेको उक्त फाउण्डेशनले गरिबीका कारण आफ्ना बालबालिकालाई विद्यालय पठाउन नसक्ने ३ सय जना अबिभावकलाई उन्नत जातका बाख्रा समेत वितरण गरेको छ ।

संस्थाको गरेको कामको प्रसंसा गर्दै समाज कल्याण परिषद्ले ३८ औं सामाजिक सेवा सम्मानले समेत सम्मान गरेको संस्थाका अध्यक्ष अम होंङ गिलले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्