काठमाडौं बजारमा नक्कली नोटको विगविगी बढेसँगै प्रहरी सतर्क रहन आग्रह गरेको छ । प्रहरीले सक्कली र नक्कली नोट छुट्याउने तरिकासँगै जनतालाई सतर्क रहन आग्रह गरेको हो ।
प्रहरीले नक्कली नेपाली रुपैयाँ छाप्ने मेसिन सहित ३ जनालाई नियन्त्रणमा लिएसँगै जनतालाई सतर्क रहन आग्रह गरेको हो । प्रहरीले बौद्धबाट फ्याल्ट नै भाडामा लिएर नक्कली नोटको कारखाना बनाएर गैर कानुनी काम गर्दै आएका ३ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका व्यक्तिहरुबाट प्रहरीले १ हजारको ३४ वटा नक्कली नोट, नोट बनाउन तयार पारिएको करिव २ सय ९० वटा कागज, रंगीन फोटोकपी मेसिनसहित अन्य सामाग्री बरामद गरेको छ ।
यसरी छुट्याउन सकिन्छ सक्कली र नक्कली ?

