काठमाडौं । नेपाल चेम्बर अफ कमर्श र ट्रेड प्रमोशन काउन्सिल अफ इण्डिया (टिपिसिआइ) बीच छलफल भएको छ । भारत भ्रमणमा रहेका नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले टिपिसिआइका पदाधिकारीहरुसँग द्धिपक्षीय व्यापारीक संम्बन्ध अभिवृद्धिका बारेमा छलफल गरेका छन ।
सन् २०१८ मा टिपिसिआइ र नेपाल चेम्बर बीच समझदारीमा हस्ताक्षर भएको थियो । छलफलमा दुवै पक्षले भविश्यमा सहयोग र सहकार्य क्षेत्रहरुको वारेमा छलफल गरेको नेपाल चेम्बरले जनाएको छ ।
छलफल पछी नेपाल भारत संम्बन्ध केवल माल बस्तुको आयातमा भर पर्नु पर्ने भन्दा भारतबाट नविन प्रविधी, मेशिनरी आयातमा जोड दिनु पर्ने, द्धिपक्षिय व्यवसायिक प्रतिनिधिहरुको भ्रमण समयमा हुनु पर्ने, टिपिसिआइसँग पर्यटन, कृषि, जडिबुटीको उत्पादन देखि निकासी प्रवर्द्धन गर्नमा सहकार्य गर्न तयार रहेको बताएको छ ।
अध्यक्ष श्रेष्ठले भारतको कूल जनसंख्याको ० दशमलब ०१ प्रतिशत मात्रै पर्यटक नेपाल भ्रमणमा आएमा नेपाल भ्रमण बर्ष २०२० को लक्ष पुर्याउन सहयोग पुग्ने बताएका छन । चेम्बरले २०२० फेब्रुअरीमा आयोजना गर्ने नेपाल चेम्बर एकस्पो २०२० मा टिपिसिआईको सहभागिताको लागी समेत आग्रह गरेका छन ।
सोही अवसरमा टिपिसिआईका अध्यक्ष मोहित सिङलाले नेपाल पहाडी मुलुक भएको र दुई मुलुकबीच आपसी हितका संम्भाब्य परियोजना लागु गर्न र वातावरण संरक्षणमा जोड दिनु पर्ने बताएका छन ।
उनले व्यापार लगानीका अतिरिक्त पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने हुंदा आफ्नो संस्थाले व्यापार र लगानी बढाउन सहजकर्ताको भूमिका खेल्ने बताएका छन ।