Logo

चेम्बर अफ कमर्श र भाइब्रेण्ट गोवा फाउण्डेशनबीच समझदारीपत्रमा हस्ताक्षर

चेम्बर अफ कमर्श र भाइब्रेण्ट गोवा फाउण्डेशनबीच समझदारीपत्रमा हस्ताक्षर



काठमाडौं । नेपाल चेम्बर अफ कमर्श र भारतको भाइब्रेण्ट गोवा फाउण्डेशनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठ र फाउण्डेशनका सभापति राजकुमार कामतले सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन ।

द्धिपक्षीय व्यापार, लगानी, पर्यटन प्रबद्र्धन एंव आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले भारतको भाइब्रेण्ट गोवा फाउण्डेशनसँग सो समझदारी गरेको चेम्बरले जानकारी दिएको छ ।

भाइब्रेण्ट गोवा ग्लोबल एक्स्पो २०१९ को अवसरमा सम्पन्न सो समझदारी पत्रले आगामी दिनमा द्धिपक्षीय आर्थिक एंव व्यापारिक सम्बन्ध वृद्धि हुने अपेक्षा गरेका छन । साथै व्यापार लगानी अभिवृद्धि गर्न गोवामा नेपाल डेस्क र नेपालमा गोवा डेस्क राख्ने समेत समझदारी पत्रमा उल्लेख गरिएको छ ।

समझदारी पत्रअनुसार दुई मुलुकबीच हुने अन्तरक्रिया, रोड शो, एक्स्पोमा सहभागिता लगायत पर्यटन प्रबद्र्धनमा जोड दिइएको छ । समझदारी हस्ताक्षर कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष श्रेष्ठले नेपाल चेम्बरले २०२० को फेबु्रअरीमा आयोजना गर्ने नेपाल चेम्बर एक्स्पोमा सहभागिताको लागि आग्रह गरेका छन ।

साथै पहाडी मुलुक नेपाल र समुन्द्री सतहसँग जोडिएको गोवा ‘फ्रम ग्रीन टू ब्ल’ू बीच पर्यटन प्रवर्धन र कनेक्टिभिटीमा जोड दिएकाले नेपाल भ्रमण वर्ष २०२० मा गोवाबाट पर्याप्त पर्यटन भित्र्र्याउन सकिने बताएका छन ।

समझदारीपत्र अनुसार दुई देशका चेम्बरबीच व्यापारिक सूचना, आदान प्रदान, मेला प्रदर्शनीमा दुवै मुलुकमा सहभागिता, पर्यटन प्रबद्र्धन, व्यापारिक, औद्योगिक प्रतिनिधि मण्डलको आदान प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्