काठमाडौं । मंगलबार सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । केहीदिन अघिदेखि घटिरहेको सुनको मूल्य मंगलबार भने ७ सय रुपैयाँले बढेर प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
सोमबार ७० हजार रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको सुनको मूल्य मंगलबार भने बढेको हो । चाँदीको मूल्य पनि मंगलबार १५ रुपैयाँले उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ८ सय ४५ रुपैयाँ प्रतितोलामा विक्री भईरहेको चाँदीको मूल्य मंगलबार बढेर ८ सय ६० रुपैयाँ प्रतितोला पुगेको हो ।