काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमलाई सांसद सदस्यबाट निलम्बन गरेको छ । उनीहरुलाई सांसद सदस्यका हैसियतबाट कुनै पनि काम गर्न नपाउने गरि निलम्बन गरिएको हो ।
महरालाई संसद् सचिवालय स्वास्थ्य शाखाकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेको छ भने सांसद आलामलाई २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम बिस्फोटको घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
महरालाई सांसद सचिवालय स्वास्थ्य शाखाकी एक कर्मचारीलाई बलात्कारको प्रयास गरेको जाहेरी परेपछि जबरजस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा असोज १९ गते बालुवाटरस्थित सभामुख निवासबाट पक्राउ गरिएको थियो ।
त्यस्तै सांसद आलामलाई २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम बिस्फोटको घटनामा संलग्न भएको आरोपमा आइतबार रौतहटबाट पक्राउ गरिएको हो ।
प्रतिनिधिसभा निर्वाचन २०७४ मा निवर्तमान सभामुख महरा तत्कालीन नेकपा (माओवादीकेन्द्र) बाट दाङ २ बाट निर्वा्िचत हुन् भने आलाम नेपाली कांग्रेसबाट रौतहट २ मा निर्वा्िचत सांसद हुन ।
दुवैजनाको नैतिक पतन देखिने फौजदारी अपराध भएकाले नेपालको संविधान र प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम दुवैको सांसद् पद निलम्बन गरिएको हो ।