Logo

नेपाल–चीन उच्चस्तरीय वार्ता सुरु, के होला सहमति ?

नेपाल–चीन उच्चस्तरीय वार्ता सुरु, के होला सहमति ?



काठमाडौं । नेपाल–चीन उच्चस्तरीय औपचारिक वार्ता सुरु भएको छ । नेपालको दुई दिने राजकीय भ्रमणका आएका चिनियाँ राष्ट्रपति सि जिनफिङ र नेपाली टोलीबीच उच्चस्चरीय औपचारिक वार्ता सुरु भएको हो ।

चिनियाँ राष्ट्रपति सीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेसँगै दुई देशबीच औपचारिक वार्ता सुरु भएको हो ।

वार्तामा चिनियाँ पक्षको नेतृत्व राष्ट्रपति सी र नेपाली पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् । वार्तामा प्रधानमन्त्री ओलीले शनिबारको रात्रीभोजमा विशिष्ट अतिथि महामहिम चिनियाँ राष्ट्रपतिले गरेको सारगर्भित सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL