Logo

यस्तो छ आजको चिनियाँ राष्ट्रपति सीको कार्यतालिका, १ बजे चीन प्रस्थान

यस्तो छ आजको चिनियाँ राष्ट्रपति सीको कार्यतालिका, १ बजे चीन प्रस्थान



काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले आजपनि भेटघाटलाई निरन्तरता दिने भएका छन् ।

आईतबार उनले नेकपाका नेताहरुसँग सामूहिक भेटघाट तथा छलफल गर्ने कार्यक्रम तय भएको छ । शनिबार नेपाल आएसँगै नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका छन् । सीले आज साढे १० बजेट नेपकाको नेताहरुसँग भेटवार्ता गर्दैछन् ।

यसैगरी नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग वान–अन–वान भेटवार्ता समेत गर्ने कार्यक्रम रहेको समाचार स्रोतले जानकारी दिएको छ ।

सीले दाहालसँगको भेटवार्टा लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । त्यस लगत्तै । द्विपक्षीय वार्तामा विभिन्न सम्झौताहरूमा हस्ताक्षर हुनेछ ।

उक्त हस्ताक्षरपछि सी १ बजे त्रिभुवन विमानस्थलबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL