बिजखबर संबाददाता
३० जेठ,काठमाडौं ।नेपाल पश्मिना उद्योग सङ्घले प्रधानमन्त्री राहतकोषमा १० लाख रुपैंया प्रदान गरेको छ ।
शुक्रबार पश्मिना उद्योग सङ्घका अध्यक्ष पुष्पमान श्रेष्ठले सो रकम बराबरको चेक प्रधानमन्त्री सुशील कोईरालालाई हस्तान्तरण गरेका हुन् । भूकम्पबाट पीडित नागरिकहरुका लागि पश्मिना व्यवसायीहरुबाट संकलीत उक्त रकम हस्तान्तरण गरिएको हो ।
यसअघि पश्मिना उद्योग सङ्घले भूकम्प पीडितहरुलाई विभिन्न राहत सामाग्री वितरण गरेका थियो ।