काठमाडौं । सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । चिनियाँ राष्ट्रपति सी सिनफिङको सम्मानमा आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त विदा दिने निर्णय गरेको हो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने भ्रमणमा शनिबार ४ बजे नेपाल आइपुग्दैछन् । सरकारले आईतबार ट्राफिक जामलाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरेको हो।
