काठमाडौं । बैदेशिक रोजगारीमा मृत्यु भएमा अब स्थानीय तहबाटै आवेदन दिन पाउने भएका छन ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार बैदेशिक रोजगारीको क्रममा मृत्यु भएमा मृतकको परिवारले आर्थिक सहायताको लागि स्थानीय तहबाटै आवेदन दिन सक्ने भएको हो ।
आवेदन दिँदा भने मृत्यु भएका ब्यक्तिको प्रमाण पुग्ने कागजात सहित निवेदक स्वयम बोर्डको सचिवालयमा उपस्थित भई वा सम्वन्धित स्थानीय तहमार्फत समेत निवेदन दिन सक्ने ब्यवस्था गरेको छ ।
स्थानीय तहमार्फत आएको निवेदनको हकमा भने निवेदन प्राप्त गरेको मितिले ७ दिन भित्रै प्रमाण सिफारिस सहित सक्कल निवेदन बोर्डको सचिवालयमा पठाई निवेदकलाई जानकारी गराउन समेत बोर्डले निर्देशन दिएको छ ।
बोर्डबाट आर्थिक सहायता पाउनको लागि भने निवेदकले निम्न प्रमाण जुटाउनु पर्ने छ । मृतकको राहदानीमा गन्तब्य मुलुकमा पुगेको प्रमाणित हुने छाप, भएको पृष्ठ र राहदानीबाहकको राहदानी नम्बर, नाम र फोटो भएको पृष्ठको प्रतिलिपि, रोजगारदाता कम्पनीको वा अस्पतालको मृतकको प्रमाणपत्र बुझाउनु पर्ने छ ।
त्यस्तै हकवालाको नागरिक्ता नाता प्रमाणित, स्थानीय तहबाट हकवाला खुलेको फोटो र बैंकको नाम, शाखा र बैंक खाता नम्बर रुजु सहितको बैंकको पत्र, नजिकको हकवालाको पासपोर्ट साईजको एक प्रति फोटो बुझाउनु पर्ने छ ।
पेश भएका कागजात प्रमाणित सम्वन्धित नगरपालिका वा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतबाट सिफारिस हुनु पर्ने बोर्डले जनाएको छ ।
