Logo

अर्थमन्त्रीले दिए भारतीय प्रम मोदीलाई निम्तो, पुनर्निर्माणमा भारतको पूर्ण सहयोग

अर्थमन्त्रीले दिए भारतीय प्रम मोदीलाई निम्तो, पुनर्निर्माणमा भारतको पूर्ण सहयोग


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२९ जेठ, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सहायता सम्मेलनको निम्ता दिएका छन् । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. महतले प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनकै कार्यालयमा भेटी आगामी असार १० गते काठमाडौंमा आयोजना हुने नेपाल सहायता सम्मेलनका लागि विशेष अतिथिको निमन्त्रणा दिएका हुन् । सम्मेलन आयोजनाको संयोजक समेत रहेका महतले प्रधानमन्त्री सुशील कोइरालाको तर्फबाट सो निमन्त्रणा हस्तान्तरण गरेका हुन ।

यो विपतको बेलामा प्रधानमन्त्री मोदीको उपस्थिति मात्रले पनि नेपालीलाई ठूलो हौसला महतले जानकारी गराएका थिए । ‘यो सहायता सम्मेलनमा प्रधानमन्त्री मोदीको सहभागिताले पुनर्निर्माणका लागि स्रोत परिचालनमा पनि सकारात्मक सन्देश जानेछ,’ उनले भने । अर्थमन्त्री डा महतले प्रम मोदी गुजरातमा गएको भूकम्पका साक्षी भएको र पुनर्निर्माणमा ठूलो भूमिका भएको भन्दै प्रशंसा गरेका थिए । सो अवसरमा उनले नेपालमा भूकम्पले पुर्याएको धनजनको क्षति र पुनर्निर्माणका लागि आवश्यक पर्ने रकमका बारेमा जानकारी गराएका थिए । पुनर्निर्माणका लागि ठूलो सहयोग आवश्यक पर्ने भन्दै भारतबाट ठूलो सहयोगको अपेक्षा गरिएको समते उनले स्पष्ट पारे ।

narendra modi-ramsharan mahat
narendra modi-ramsharan mahat

यति ठूलो विपतको सामना गर्ने नेपालको तयारी कमजोर रहेको बताउँदै तत्काल छिमेकीका हैसियतले भारतले उद्दार तथा राहतका लागि गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गरे । भेटघाटका अवसरमा भारतका प्रधानमन्त्री मोदीले सकेसम्म आफै आउने, आफू आउन नभ्याएमा वरिष्ठ मन्त्री पठाउने जानकारी दिएका छन् । ‘आफू सहभागी हुन नपाएपनि पुनर्निर्माणका लागि भारतको उत्तिकै सहयोग हुनेछ,’ मोदीले भने ।
यसअघि अर्थमन्त्री डा महतले भारतका वित्तमन्त्री अरुण जेट्ली तथा विदेशमन्त्री सुषमा स्वाराजसँग पनि भेट तथा छलफल गरेका थिए । भेटघाटका अवसरमा उनले पुनर्निर्माणका लागि नेपाललाई भारतको सहयोग आवश्यक भएको जानकारी गराउँदै आएका छन् । वित्तमन्त्री जेट्लीसँगको भेटमा प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका अवसरमा भएको सहयोगको घोषणा कार्यान्वयन, नेपालको भारतसँगको व्यापारघाटा न्युनिकरण, भारतमा नेपाली बस्तुका लागि लाग्दै आएको समीकारक शुल्क, ५ सय रुपैयाँ र १ हजारका भारु नोटको समस्या तथा नेपालीहरुको भारतीय बैंकहरुमा खाता सञ्चालन जस्ता विषयहरुमा छलफल भएको थियो ।

indian-businessman

यसैबीच शुक्रबार नै अर्थमन्त्री डा महतले भारतका उद्यमी व्यवसायीहरुसँग अन्तक्रिया गरेका थिए । सो अन्तरक्रियामा भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । एसोसिएटेड चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिज इन इण्डिया एसोच्यामले नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उद्यमीहरुलाई नेपालमा लगानी गरी बढी लाभ लिन आग्रह गरेका छन् ।

सो अवसरमा अर्थमन्त्री डा महतले नेपालमा झण्डै ८२ बर्षयता ठूलो भूकम्प गएको र ठूलो धनजनको क्षति गरेको जानकारी गराउँदै चाँडै पुनर्निर्माण गरिने भएकोले नेपालमा लगानी गर्दा लाभ लिन सकिने स्पष्ट पारे । ‘सरकारले लगानीका लागि अनुकूल नीति निर्माण गरिदिएको र स्वदेशीका साथै विदेशी लगानीकर्ताहरु समेत नेपालमा लगानी गर्न आइरहेका छन्,’ उनले भने, ‘जलविद्युत, पूर्वाधारका क्षेत्रहरु प्रचूर लाभदायी रहेका छन ।’ साथै, पूर्वाधारका क्षेत्रमा धेरै क्षति नभएको र त्यस्ता क्षतिको तत्काल पुनर्निर्माण गर्न सरकार तयार रहेको उनको भनाइ थियो । उनले भारतीय लगानीकर्तालाई जलविद्युत्मा निर्धक्क भएकार लगानी गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा एसोच्यामका महासचिव डीएस रावलले स्वागत गरेका थिए भने विमिस्टेक र सार्क विजनेस काउन्सिलका वरिष्ठ सदस्य रवि विगले आफ्नो भनाई राखेका थिए । अन्तक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्रालयका उपसचिव युगराज पाण्डे तथा नेपालका उद्यमी निर्वाण चौधरी तथा भारतका उद्यमी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL