काठमाडौं । सभामुख कृष्णबहादुर महराले राजिनामा दिएका छन । यौन दुव्र्यवहारको आरोप लागेपछि नैतिकताकाका आधारमा उनले मंगलबार दिउँसो राजिनामा दिएका हुन । मंगलबार बसेको नेकपा सचिवालय बैठकले उनलाई सभामुख पदबाट राजिनामा दिन सुझाव गरेको थियो ।
सोही अनुसार उनले छानबीन नटुङिगदासम्मका लागि राजिनामा दिएका छन । उनलाई संसद सचिवालयकी एक कर्मचारीले उनलाई यौन दुव्र्यबहारको आरोप लगाएकी थिइन ।
