Logo

२४ घण्टाभित्र डेढ लाखले छोडे काठमाडौं, भित्रिनेको संख्या न्युन

२४ घण्टाभित्र डेढ लाखले छोडे काठमाडौं, भित्रिनेको संख्या न्युन



काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं छोडेर बाहिर जाने यात्रुको संख्या १ लाख ४५ हजार पुगेको छ । दशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट दशैं मनाउन बाहिर जानेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको हो ।

शनिबार विहान ६ बजेदेखि आईतबार बिहान ६ बजेसम्म १ लाख १५ हजार जना मान्छे बाहिरिएका थिए । तर आईतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म भने बढ्दै १ लाख ४५ हजार जना बाहिरिएका ट्राफिक प्रहरीका प्रवक्ता रबीकुमार पौडेललले जानकारी दिए ।

उनका अनुसार पछिल्लो समय विभिन्न स्थानमा हुने जामको अन्त्य भएको छ । यससँगै काठमाडौंका विभिन्न नाकाबाट बाहिरिनेको संख्या समेत बढेको हो । दशैं नआउनुभन्दा अघि भने प्रत्येक दिन काठमाडौं भित्रिने र काठमाडौंबाट बाहिरिने गरी ६० देखि ७० हजार यात्रु पुग्ने गरेको थियो । तर दशैं नजिकिएसँगै काठमाडौं छोडेर बाहिरिनेको संख्या मात्रै डेढ लाख पुग्ने गरेको छ ।

हाल विभिन्न नाकाबाट काठमाडौं भित्रिनेको संख्या भने बढिमा ६० हजार पुग्ने गरेको ट्राफिक प्रहरीका प्रवक्ता पौडेलले बिजखबरलाई जानकारी दिए । काठमाडौंबाट धेरै यात्रु बाहिरिने पहिलो नाका भने नागढुङ्गा नाका र दोस्रोमा जगाती नाका रहेको उनको भनाई छ । यस्तै फर्पिङ नाकाबाट पनि सोही संख्यामा मान्छेहरु बाहिरिने र भित्रिने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्