काठमाडौं । काठमाडौंको बौद्धबाट सुरु भएको पिज्जा वल्र्ड नेपालले आफ्नो स्थापनाको तीन बर्षको अवधिमा तेस्रो शाखा संचालनमा ल्याएको छ ।
झण्डै दुई बर्ष अगाडि ललितपुरको कुमारीपार्टीमा दोस्रो शाखा विस्तार गरेको पिज्जा वल्र्डले पेप्सीकोला फुटबल ग्राउण्डमा तेस्रो शाखा खोलेको हो । पेप्सीकोला शाखाको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले उद्घाटन गरेका हुन् ।
करिब एक करोड रुपैयाँको लगानीमा पिज्जा वल्र्डले उक्त शाखा विस्तार गरिएको हो । सेवा र स्वादमा उत्कृष्टता ल्याउन आफूहरुले मेहनत गरेको र ग्राहकले त्यसलाई रुचाउँदा छोटो समयभित्रै शाखा विस्तार गर्न सफल भएको संचालक उद्धव खड्काको भनाई रहेको छ ।
‘पिज्जा वल्र्ड’ मा चार किसिमका क्रस्टमा ५० प्रकारका पिज्जा उपलब्ध रहेको छ । पिज्जा वल्र्डमा मुख्यगरी प्यान पिज्जा, शसेज वाइट्स पिज्जा, चिज लोडेड पिज्जा सहित पास्तालगायतका खानेकुरा रहेको छ ।
विभिन्न फ्लेभर र साइजमा पाइने पिज्जाको मूल्य १ सय ८० रुपैयाँदेखि एक हजार ८ सय रुपैयाँ सम्म रहेको छ । रेष्टुरेन्ट विहान १० बजेदेखि राति ९ बजेसम्म खुला रहने छ । शाखा विस्तारसँगै पिज्जा वल्र्डले २५ प्रतिशतसम्म छुट समेत प्रदान गरेको छ । साथै, दशैं तिहारको टिकाको दिनमा बाहेक अन्य सबै दिन पिज्जा वल्र्ड संचालनमा रहने छ ।
बौद्ध , कुमारी पार्टी र पेप्सीकोलामा गरी ५२ जना युवाहरुले प्रत्यक्ष रोजगारी पाएका छन् । नयाँ खुलेको पेप्सीकोला शाखामा १६ जनाले रोजगारी पाएका छन् ।