Logo

रावा बैंकले माग्यो १९५ कर्मचारी, ३ तहदेखि ८ तहसम्म माग

रावा बैंकले माग्यो १९५ कर्मचारी, ३ तहदेखि ८ तहसम्म माग


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२६ जेठ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले १ सय ९५ जना स्थायी कर्मचारी माग गरेको छ । बैंकले आजै सुचना प्रकाशित गरि उक्त कर्मचारीहरु माग गरेको हो ।

बैंकले ३ तहदेखि ८ तहसम्मका लागि कर्मचारी माग गरेको छ । बैंकले सवैभन्दा बढी ३ तहका लागि ७३ जना कर्मचारीको माग गरेको छ भने सवैभन्दा कम आठौं तहका लागि १ जना प्रवन्धक माग गरेको छ । त्यसैगरी सातौं तहका लागि ५ जना चार्टड एकाउन्टेन्ट माग गरेको छ ।

बैंकले ५ वटै क्षेत्रिय कार्यालयका लागि कर्मचारी माग गरेको छ । सम्बन्धित क्षेत्रिय कार्यालयका लागि सोही स्थानबाट दरखास्त फारम बुझाउनु पर्ने समेत बैकले जनाएको छ ।

कर्मचारी छनौट भने लिखित परीक्षा र मौखिक अन्तरवार्ताका आधारमा गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL