काठमाडौं । पछिल्लो समयमा सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ ।
सोमबार ७२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबा ५ सय रुपैयाँले बढेर ७२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जानकारी दिएको छ ।
यस्तै सोमबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य मंगलबार ५ सय रुपैयाँले बढेर प्रति तोला प्रतितोला ७२ हजार २ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले वृद्धि भई प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको थियो ।