काठमाडौं । सोमबारको तुलनामा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार ७३ हजार ५ सय रुपैयामा कारोबार भएको सुनको मूल्य मंगलबार ७२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
बजारमा सुनको मूल्य थपघट भए पनि विगतका बर्षहरुमा झै यस बर्ष सुन किन्ने ग्राहकको भिड भने शुन्य रहेको ब्यवसायीहरुले बताउँदै आएका छन ।
सुनचाँदी ब्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य सोमबार प्रति तोला १ हजार रुपैयाँले बढेर ७३ हजार ५ सय रुपैयाँमा कारोबार भए पनि मंगलबार भने ९ सय रुपैयाँले घटेर ७२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य मंगलबार ७३ हजार २ सय रुपैयाँमा कारोबार भए पनि मंगलबार भने ७२ हजार ३ सयमा कारोबार भईरहेको छ । सोमबारको तुलनामा मंगलबार तेजावी सुनको मूल्यमा पनि ९ सय रुपैयाँले घटेर ७२ हजार ३ सयमा कारोबार भईरहेको महासंघले जानकारी दिएको छ । चाँदीको मूल्य भने यथावत रहेको छ ।