काठमाडौं । सोमबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आईतबार ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार प्रति तोला १ हजार रुपैयाँले बढेर ७३ हजार ५ सय रुपैयामा कारोबार भएको हो ।
तिज निजिकिँदै गर्दा सुनको मूल्य बढे पनि बजारमा भने चहलपहल शुन्य भएको ब्यवसायीहरुले बताउँदै आएका छन । बुधबार देखि ७१ हजार ३ सय रुपैयाँ प्रति तोला कारोबार भएको सुनको मूल्य आईतबार १२ सय रुपैयाँले बढेर ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदी ब्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य सोमबार प्रति तोला १ हजार रुपैयाँले बढेर ७३ हजार ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै तेजाबी सुनको मूल्य १ हजार रुपैयाँले बढेर ७३ हजार २ सय रुपैयाँ पुगेको छ ।
आईतबार प्रति तोलाको ८ सय ५० रुपैयाँमा कारोबार हुँदै आएको चाँदीको मूल्य सोमबार १० रुपैयाँले बढेर ८ सय ६० मा कारोबार भईरहेको छ ।