काठमाडौं । पत्रकार रवी लामिछानेसहित ३ जना विरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्धा दर्ता भएको छ । पत्रकार शालिकराम पुडाशैनी मृत्यु प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय चितवनले आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा मुद्धा दर्ता गराएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धानको प्रतिवेदन आईतबार सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सोही अनुसार सरकारी वकिल कार्यालयले न्युज २४ मो सिधा कुरा जनतासँग कार्याक्रमका प्रस्तोता रवी लामिछाने, उत्पादक युवराज कणेल र विएण्डबी अस्पतालकी नर्स अस्मिता कार्कीविरुद्ध मुद्धा दर्ता गरेको हो ।
उक्त मुद्धा दर्ता भएपछि अदालतमा बयान सुरु भएको छ । उक्त बयानपछि अदालतले साधारण तारेख धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउने मध्ये एक निर्णय गर्नेछ ।