Logo

सुनको मूल्य फेरी बढ्यो, ७२ हजार ५ सयमा कारोबार

सुनको मूल्य फेरी बढ्यो, ७२ हजार ५ सयमा कारोबार



काठमाडौं । बुधबार देखि स्थिर रहेको सुनको मूल्य आईतबार पुनः बढेको छ । बुधबार देखि ७१ हजार ३ सय रुपैयाँ प्रति तोला कारोबार भएको सुनको मूल्य आईतबार १२ सय रुपैयाँले बढेर ७२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

सुनचाँदी ब्यवसायी महासंघका अनुसार ४ दिन सम्म स्थिर रहेको छापावाल सुनको मूल्य आईतबार प्रति तोला १२ सय रुपैयाँले बढेको हो । त्यस्तै तेजाबी सुनको मूल्य ७२ हजार २ सय रुपैयाँ पुगेको छ । तेजाबी सुन बुधबार देखि शनिबार सम्म ७१ हजार रुपैयाँमा कारोबार हुदै आएको थियो ।

शनिबार सम्म तोलाको ८ सय ३० रुपैयाँमा कारोबार हुँदै आएको चाँदीको मूल्य २० रुपैयाँ बढेर ८ सय ५० मा कारोबार भईरहेको छ । सुनको मूल्य आकाशिए पनि बजारमा सुन किन्ने ग्राहक भने शुन्य रहेको ब्यवसायीहरुले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्