Logo

नेपाल प्रहरीमा ३८३१ जनाको लागि रोजगारीको अवसर, खेलाडी देखि जवानसम्ममा आवेदन माग

नेपाल प्रहरीमा ३८३१ जनाको लागि रोजगारीको अवसर, खेलाडी देखि जवानसम्ममा आवेदन माग



काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार ८३१ जनाको दरखास्त आह्वान गरेको छ ।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं भर्ना छनौट महाशाखा नक्सालले हजाम देखि कुचीकार र प्रहरी जवान देखि खेलाडीसम्मको लागि दरखास्त आह्वान गरेको छ ।

जसअनुसार प्रहरी जवान पदमा ३ हजार ५ सय ९६ जना माग गरिएको छ । त्यस्तै भान्छे पदको लागि १ सय ८० जना माग गरेको छ भने कार्यालय सहयोगि हजाम पदको लागि १० जना माग गरिएको छ ।

नेपाल प्रहरीले माग गरेको कार्यालय सहयोगि कुचिकारमा २० जना तथा खेलाडीको लागि २५ जना रहेको छ । प्रहरीले भलिबल, फुटबल, जुडो, कराँते, तेक्वान्दो, क्रिकेट तथा भारोत्तोलनका लागि २५ जना खेलाडी माग गरिएको हो ।

आवेदकले भदौ ९ गते देखि १३ गते कार्यालय समयसम्म आवेदन दिन सक्नेछन । खेलाडीका लागि भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मात्र दरखास्त दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्