Logo

जटिल बन्दै पुडासैनी आत्महत्या प्रकरण: रवि पत्नी निकिताले दिईन एसपी मल्ल सहित ३ जना विरुद्ध किटानी जाहेरी

जटिल बन्दै पुडासैनी आत्महत्या प्रकरण: रवि पत्नी निकिताले दिईन एसपी मल्ल सहित ३ जना विरुद्ध किटानी जाहेरी



काठमाडौं । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेकी श्रीमती निकिता पौडेलले ३ जना विरुद्ध किटानी जाहेरी दर्ता गराएकी छिन ।

उनले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल प्रेश काउन्सिल अध्यक्ष किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा बुधबार जाहेरी दिएकी हुन ।

पौडेलले पुडासैनीको भिडियो कीर्ते गरेको आरोपमा हदैसम्मको सजाय माग गर्दै ३ जना विरुद्ध बुधबार काठमाडौंमा जाहेरी दिएकी हुन । परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले भने, ‘जाहेरीमा उल्लेख भएका विषय हेरिरहेका छौं, के कसो गर्ने भन्ने निष्कर्षमा पुगेका छैनौं ।’

प्रतिक्रिया दिनुहोस्