Logo

पुनः उकालो लाग्यो सुनको मूल्य, बजारमा किन्नेभन्दा बिक्री गर्नेको चाप

पुनः उकालो लाग्यो सुनको मूल्य, बजारमा किन्नेभन्दा बिक्री गर्नेको चाप



काठमाडौं । लामो समय बढेर ३ दिन देखी स्थिर रहेको सुनको मूल्य बुधबार पुनः उकालो लागेको छ ।

आईतबार देखी मूल्य स्थिर रहँदै प्रति तोला ७१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार ३ सय रुपैयाँले बढेर ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी ब्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै तेजाबी सुन बुधबार ७१ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । चाँदी प्रति तोला ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार ८ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेर ८ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव नेपालमा पनि गरेको महासंघले जानकारी दिएको छ । सुनको मूल्य बढेसँगै बजार सुन किन्नेभन्दा बिक्री गर्नेको चाप बढेको सम्बद्ध व्यवसायीहरुले जानकारी दिएको छ । विशेषगरी पुराना गरगहना बिक्री गर्ने उपभोक्ताको चाप बढेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL