काठमाडौं । निरन्तर उकालो लागेको सुनको मूल्य आईतबार प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।
शुक्रबारसम्म नेपाली बजारमा छापावाल सुन तोलाको ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आईतबार ५ सय रुपैयाँले घटेर ७१ हजार रुपैयाँमा कारोबार भएको हो । त्यस्तै तेजाबी सुनको मूल्य पनि शनिबारको तुलनामा ५ सय रुपैयाँले गिरावट आएको छ ।
आईतबार तेजाबी सुनको मूल्य ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनचाँदी ब्यवसायी महासंघले जानकारी दिएको छ । तेजाबी सुन शनिबार ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी बजारमा चाँदीको मूल्य पनि केही गिरावट आएको छ ।
शनिबार प्रतितोला ८४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला ८३० रुपैयाँमा कारोबार भईरहेको महासंघले जानकारी दिएको छ ।