Logo

मन्त्रिपरिषदका निर्णय : शिक्षक र सेनाको तलव निर्धारणदेखि नागरिकता खारेजसम्म

मन्त्रिपरिषदका निर्णय : शिक्षक र सेनाको तलव निर्धारणदेखि नागरिकता खारेजसम्म



काठमाडौं । सरकारले शिक्षक, तथा सैन्य कर्मचारीका लागि नयाँ तलवमान तोक्ने भएको छ । आईतबार मन्त्रिपरिषदका पछिल्ला निर्णयहरु सुनाउँदै संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले शिक्षक र सैन्य कर्मचारीको नयाँ तलवमान तोक्ने निर्णय भएको बताएका हुन ।

उनले सैन्य कर्मचारी, निजामति कर्मचारी, शिक्षक कर्मचारी लगायतका निकायलाई समेट्ने गरी नयाँ तलवमान तोक्ने बताएका हुन ।

यस्तै गत हप्ताको मन्त्रिपरिषद बैठकले कार्यसम्पादन सम्भौता समेत गरेको उनले जानकारी दिएका छन । यस्तै मन्त्रिपरिषदले सार्वजनिक खरिद नियमावली संशोधन स्वीकृत समेत गरेको मन्त्री बास्कोटाले जानकारी दिएका छन ।

यस्तै मन्त्रिपरिषदले अवैधानिक नागरिकता लिएका विदेशी नागरिकता खारेज गर्ने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्