काठमाडौं । अब चेक बाउन्सको मुद्धामा सरकारबादी फौजदारी मुद्धा नलाग्ने भएको छ । सर्वाेच्च अदालतले चेक बाउन्सको मुद्धामा फौजदारी कसुर लगाउनु गलत रहेको बताउँदै यस्ता मुद्धा बैंकिङ कसुरसमेत नहुने जानकारी दिएको हो ।
न्यायाधिशद्धय कुमार रेग्मी र डम्बर बहादुर साहीको संयुक्त ईजलासले चेक अनादर अर्थात चेक बाउन्समा मुद्धा नलाग्ने ब्याख्या गरेको हो । दिपायलस्थित गणेश रावल र प्रतिवादी निर्मला सोडारीको मुद्धामा २ जना न्यायाधिशको ईजलासले उक्त फैसला गरेको हो । उक्त फैसला कार्यान्वयनमा आएसँगै चेक बाउन्सको मुद्धामा प्रहरीले समात्न समेत नपाउने भएको छ ।
दिपायल अदालतको फैसलालाई खारेज गर्दै सर्वोच्चले यस्तो नीतिले बैंकिङ कारोबारमा नकारात्मक असर पर्ने भन्दै सर्वाेच्चल मुद्धा नलाग्ने बताएको हो । दिपायल अदालतमा गणेश रावललाई निर्मला सोडारीले विभिन्न पटक खातामा पैसा भनएको चेक दिएको भन्दै उजुरी गरेका थिए । तर प्रतिवादी निर्मला सोडारीले उक्त चेकमा हस्ताक्षर आफ्नै भएपनि सम्पुर्ण विवरणहरु भने उजुरीकर्ता आफैले भरेको सोडारीले बयान दिएकी छन ।