काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका २५ जना उपसचिव तथा सीडीओको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले एक सुचना जारी गर्दै केही उपसचिव तथा सीडीओको सरुवा तथा केहीको पदस्थापन गरेको जानकारी दिएको हो ।
मन्त्रालयले उपसचिव र सीडीओ गरी १४ जनाको पदस्थापन गरेको छ भने अन्य ११ जनाको सरुवा गरेको छ । जसमध्ये पाल्पा, झापा, सुनसरी, मोरङ लगायतका जिल्लाका सीडीओहरुलाई अन्य जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको हो ।
हेर्नुहोस को कहाँ पुगे
