Logo

पेचिलो बन्दै चेक बाउन्स मुद्दा, फरार अभियुक्त चेमजोङ पक्राउ

पेचिलो बन्दै चेक बाउन्स मुद्दा, फरार अभियुक्त चेमजोङ पक्राउ



काठमाडौं । बैंकिङ कसुर अभियोगमा फरार उभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । चेक बाउन्स मुद्दामा बैंकिङ कसुरमा फरार रहेका उभियुक्त पृथ्वीराज चेमजोङ्गलाई प्रहरीले पक्राउन गरी अदालमा पेश गरेको हो ।

उनलाई पाटन उच्च अदालत पाटनले बैंकिङ कसुरमा फैसला र जरिवाना सुनाएको थियो । तर, हालसम्म उनी फरार रहेको र हाल प्रहरीले पक्राउ गर्दै अदालतमा पेश गरेको हो ।

प्रहरीका अनुसार उनीमाथी १५ दिन कैद र १० लाख ९४ हजार रुपैयाँ जरिवानाको फैसला अदालतले सुनाएको थियो ।

चेमजोङ्गले मन्जु श्रेष्ठसँग १० लाख ९४ हजार ५ सय रुपैयाँ ऋण सापटी लिएका र उक्त रकम फर्काउनलाई उनले प्रभु बैंकमा रहेको खाताको चेक काटेका थिए ।

तर उनले दुई पटक जारी गरेको चेकबाट भुक्तानी नभएपछि उनीमाथी बैंकिङ कसुरको अपराधमा अदालतले जरिवाना र कैद सजाय तोकेको थियो ।

प्रहरीले उनलाई राजधानीको गोङ्गबुबाट पक्राउ गरी अदालतमा पेश गरेको जानकारी दिएको छ । जिल्ला अदालत काठमाडौंमा पेश गरेको चेमजोङ्लाई हाल केन्द्रिय करागार सुन्धरामा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्