Logo

कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात ठप्प, जुम्लाबासीलाई हवाई सेवाको भर

कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात ठप्प, जुम्लाबासीलाई हवाई सेवाको भर



काठमाडौं । कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । कालीकोट खण्डको कालेखोला नजिकै आइतबार बिहान पहिरो जाँदा सडक भासिएकाले यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिएका छन ।

उनका अनुसार ४० मिटर लामो सडकमा पहिरो गएको छ । ‘यसअघि सानातिना दर्जनभन्दा बढी पहिरो जाँदा समयमै खुलाउन सकिएको थियो’, प्रजिअ कार्कीले भने, ‘तर अहिले पहिरोको प्रकृति हेर्दा तुरुन्तै पहिरो खुलाउन सहज छैन, पहिरो पन्छाउनका लागि निकै समय लाग्ने अवस्था छ ।’

पहिरोको स्थिति बुझ्न प्रजिअ कार्कीसहितको टोली र सडक डिभिजन कार्यालयबाट इञ्जिनीयरहरुको टोली घटनास्थल तर्फ गईसकेको । कर्णाली राजमार्गअन्तर्गतको कालेखोलामा माथिबाट झरेको चट्टानसहितको पहिरोका कारण करिब ४० मिटर सडक भासिएकाले सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

अबरुद्ध बाटोका कारण यात्रुलाई आवत–जावत नगर्न समेत सचेत गराएको छ । सडक अवरुद्ध हुँदा सुर्खेत, नेपालगञ्ज हुँदै कालीकोटका लागि छुटेका मालवाहक तथा यात्रुवाहक सवारी अलपत्र परेका छन ।

सानो तिनो उपकरणले बाटो खुलाउन नसकिने भएकाले ठूलो उपकरणको खोजी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सडक यातायात अबरुद्ध भएपछि जुम्लाबासीलाई हवाई यातायातको भर पर्नुपर्ने अवस्था सिर्जना भएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL