Logo

समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले दिए राजीनामा, राष्ट्रपति समक्ष बुझाए पत्र

समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले दिए राजीनामा, राष्ट्रपति समक्ष बुझाए पत्र



राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. शान्तराज सुवेदीले राजीनामा दिएका छन् । उनले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएका हुन् ।

उनले १२ साउनदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । अध्यक्ष सुवेदीले संविधानको धारा २५८ को उपधारा ४ को खण्ड (क) बमोजिम राजीनामा दिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

सरकारले उनलाई चैत ७ गते समावेशी आयोगको अध्यक्षमा नियुक्त गरेको थियो । उनी सत्तारुढ दल नेकपाको तत्कालिन माओवादी कोटाबाट समावेशी आयोगको अध्यक्ष भएका थिए ।

तत्कालिन समयमा उनले वित्त आयोगको अध्यक्ष बन्न इच्छा देखाएपनि समावेशी आयोगको जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL