Logo

दोर्दीखोला बाढीमा ४ जनाको निधन, ८ जना घाईते

दोर्दीखोला बाढीमा ४ जनाको निधन, ८ जना घाईते



काठमाडौं । दोदीखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दो ‘ए’ जलविद्युत आयोजनामा काम गर्ने ४ जना कामदारको मृत्यु भएको छ ।

दोर्दीखोलामा आएको बाढीका कारण उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बाढीमा परेर मृत्यु भएका मध्ये तीनको सनाखत भएको छ । बुधबार दिउँसो दोर्दीखोला बाढीमा भेटिएको चार शवमध्ये तीन शवको सनाखत बिहीबार भएको हो ।

बेपत्तामध्ये एक जना भने आयोजनाको सम्पर्कमा आएको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले जानकारी दिएका छन । चारवटै शव परीक्षणका लागि बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ ।

ती शव पर्सा जिल्ला घर भएका शिवधन चौधरी, डडेलधुराका रमेश बुढा र सप्तरीका भुवनेश्वर चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताए । उनका अनुसार एउटा शवको अझै सनाखत हुनसकेको छैन । सनाखत भएको दुई शव दोर्दी गाउँपालिका–४ नौथर शेरा र कीर्तिपुरमा भेटिएको थियो । सनाखत हुन नसकेको शव कीर्तिपुरमा भेटिएको प्रहरीले जनाएको छ ।

उक्त बाढीमा परी ८ जना घाइते भएका छन । घाइतेको टाउको, ढाड, खुट्टालगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको छ । घाइतेको जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । सात जना भने अझै बेपत्ता रहेको र नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी र स्थानीयवासीलगायतले खोजी गरिरहेको प्रहरीले जनाएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL