काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सबै जिल्लाका जिल्ला इन्चार्ज र सह इन्चार्जको टुंगो लगाएको छ ।
बालुवाटारमा आइतबार अपरान्ह बसेको पार्टीको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सहइन्चार्जहरुको टुंगो लगाएको हो । पार्टीले ४५ इन्चार्ज पूर्वएमाले र ३८ जना पूर्वमाओवादीको भागमा पारेको छ ।
काठमाडौंको इन्चार्ज तत्कालीन एमालेको भागमा र भक्तपुर तथा ललितपुरमा पूर्वमाओवादीको भागमा परेको छ । पार्टीका ३२ वटा विभागका प्रमुख र उपप्रमुख भने मंगलवारको बैठकबाट टुंगो लगाउने नेकपाको तयारी छ स्रोतले जानकारी दिएको छ ।





