Logo

राजस्व संकलनमा ४७ प्रतिशतले बृद्धि, सवारी कारवाहीबाट १ करोड ६४ लाख संकलन,

राजस्व संकलनमा ४७ प्रतिशतले बृद्धि, सवारी कारवाहीबाट १ करोड ६४ लाख संकलन,



काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७५/७६ मा १ करोड ६४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । सुर्खेतमा सञ्चालित विभिन्न सवारी कारवाहीबाट आव २०७५/७६ को असार ३० गतेसम्म १ करोड ६४ लाख ५८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको हो ।

आव २०७४/७५ को राजस्वभन्दा ४७ प्रतिशत बढी राजश्व हो । गत आव २०७४/७५ जिल्ला ट्राफिक प्रहरी सुर्खेतले ८७ लाख ८९ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो ।

विशेषगरी मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने, बिना लाइसेन्स सवारी चलाउने, क्षमताभन्दा बढी भार बोक्नेलगायतका ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउनेलाई कारवाहीबाट ठूलो परिमाणमा राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीले जानकारी दिएका छन ।

पुस महीनामा सबैभन्दा बढी २ हजार ८ सय ७३ सवारीसाधन कारवाहीमा पर्दा प्रहरीले १९ लाख ४७ हजार राजस्व सङ्कलन गरेको थियो । सबैभन्दा कम साउन महीनामा १ हजार १ सय ४१ सवारी कारवाही हुँदा ८ लाख ५२ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको जनाइएको छ ।

ट्राफिक नियमसम्बन्धी आव २०७५/७६ मा ६ सय १३ पटक जनचेतनामूलक कार्यक्रम गर्दा सवारी दुर्घटनामा कमी आएकोे प्रहरीको दाबी रहेको छ । आव २०७४/७५ मा सवारी दुर्घटनाबाट ३५ को मृत्यु भएकामा आव २०७५/७६ मा त्यो सङ्ख्या २९ मा झरेको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL