काठमाडौं । सुडान घोटालाका फरार अभियुक्त नेपाल प्रहरीका पूर्व महानिरिक्षक आईजीपी रमेश चन्द ठुकरीले आत्मसमर्पण गरेका छन । २०७४ बैशाख १७ गते सर्वाेच्च अदालतले दोषी ठहर गरेपछि २ बर्षदेखि भारतमा रहेका उनले सर्वाेच्चमा आत्मसमर्पण गरेका हुन ।
नेपाल प्रहरीको सुडान शान्ति मिसनका लागि खरिद गरिएको बन्दोवस्ती सामान (एपीसी) खरिदमा घोटाला गरेको आरोपमा पूर्वमहानिरीक्षकहरु चन्द, ओमविक्रम राणा र हेमबहादुर गुरुङलाई सर्वोच्च अदालतले २०७४ वैशाख १७ गते दोषी ठहर गर्दै कैद सजाय र नगद जरिवाना सुनाएको थियो ।
गत १७ वैशाखमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलाशले पूर्व आईजीपीहरु ओमविक्रम राणालाई दुई वर्ष कैद र रु ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई १ वर्ष कैद र रु ४० हजार जरिवाना र रमेशचन्द्र ठकुरीलाई १ वर्ष कैद र रु ४० हजार जरिवानाको सजाय सुनाएको थियो ।
सर्वोच्चको फैसला आएको २० दिनपछि २०७४ असार ७ गते पूर्वआईजीपी ओमविक्रम राणा, हेमवहादुर गुरुङ, पूर्व एआईजीपी दिपकसिंह थाङ्देन र पूर्वडीआईजी दिपक श्रेष्ठले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए भने चन्द फरार भएका थिए ।
सुडान काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६८ जेठ २४ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेष अदालतले भने आरोपीहरु सफाई दिएको थियो । त्यसपछि अख्तियार सर्वोच्च पुगेको थियो।
अख्तियारको अभियोगपत्रमा सामान खरिद गर्दा योजना तर्जुमा, लागत अनुमान, दरभाउ पत्र लिने, खरिद ठेक्कापट्टा दिने, भुक्तानी दिनेलगायत काममा नेपाल प्रहरीका उच्च पदाधिकारी र ठेकेदारहरु मिलेर नेपाल सरकारलाई २८ करोड ८१ लाख ६१ हजार २ सय २९ रुपैयाँ हानी नोक्सानी र्पुयाई भ्रष्टाचार गरेको उल्लेख थिया े।