Logo

भारतीयको नागरिकता खारेज गर्ने मन्त्रिपरिषदको निर्णय, यातायात व्यवस्था ऐन २०४९ खारेज

भारतीयको नागरिकता खारेज गर्ने मन्त्रिपरिषदको निर्णय, यातायात व्यवस्था ऐन २०४९ खारेज



काठमाडौं । मन्त्रिपरिषद्ले झूटो विवरण पेश गरी नेपाली नागरिकता लिने भारतीय नागरिकको नागरिकता खारजे गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यसै हप्ता बसेको बैठकले झूटा विवरण पेश गरी नेपाली नागरिकता लिने ५ जना भारतीय नागरिकको नागरिकता खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधी मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

यसैगरी ५ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरिएको छ भने पाल्पामा बसपार्क निर्माणका लागि ४ दशमलव ९९ हेक्टर सरकारी जमिन लिने निर्णय गरेको छ ।

बैठकले मकवानपुरको थाहा नगरपालिकाको भैरव स्वच्छन्द माविको १ सय ७९ रोपनी जग्गा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाका लागि भोगचलन गर्न अनुमति दिने निर्णय गरेको छ ।

बैठकले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ खारेज गरी संघीय सवारी तथा यातायात व्यवस्था विद्येयक २०७६ बनाउन सैदान्तिक सहमति दिने निर्णय गरेको छ ।

सार्वजनिक लेखा समितिका सभापति भरतकुमार साहको नेतृत्वमा सात सदस्यीय कमिटि गठन गरी पेरिस र लण्डनस्थित नेपाली नियोगहरुको स्थलगत अध्ययन गर्न सहमति प्रदान गरेको छ ।

यस्तै नयाँ थप कार्यक्रम संचालन गर्न इन्जिनीयरिङ कलेजलाई अस्थायी स्वीकृति प्रदान गरेको छ । नेपाल इन्जिनियरिङ परिषद्को नियमावली २०७५ को नियम १५ बमोजिम नेपाल सरकारबाट अध्ययन सुरु गर्नुपर्व नै सहमति दिईएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL